Home समाचार युवा संघको चेतावनी–झाँक्रीलाई रिहाइ नगरे देशव्यापी आन्दोलन

युवा संघको चेतावनी–झाँक्रीलाई रिहाइ नगरे देशव्यापी आन्दोलन

by ईलालटिन
0 comment

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधी वेहरी सिर्जना गर्ने चेतावनी समेत दिन चाहान्छौ’, युवासंघले विज्ञप्तिमार्फत भनेको छ । साथै उक्त आन्दोलनबाट हुने सवै क्षतिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने युवासंघले जनाएको छ । झाँक्रीलाई प्रहरीले बिहीबार उनकै निवास नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com