Home समाचार मुहार फेरिएको पाटनढोका

मुहार फेरिएको पाटनढोका

by ईलालटिन
0 comment

ललितपुर । एक हप्ताअघिसम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अहिले स्थिति फेरिएको छ । लतिलपुर महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेपछि सर्वसाधरणले दैनिकरुपमा भोग्दै आएको ट्राफिकको समस्या समाधान भएको हो ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा गत २५ गते देखि त्यहाँ वान वे लागू गरिएको हो । ट्राफिक जाम न्युनिकरणका लागि ललितपुर महानागरपािलका ७ बजेदेखि ८ बजेसम्म सो क्षेत्रमा चार पाङ्ग्रे सवारी निषेध गरेको छ । महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा सो कदम चालिएको महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।

‘ट्राफिक जामले विश्व सम्पदा क्षेत्रको प्रवेशद्वार नै कुरुप बन्ने गरेको थियो । त्यसमाथि ध्वनी प्रदूषण, धुँवा–धुलोले स्थानीयहरु आक्रान्त बनेका थिए,’ हाछेथु भन्छन् । बसपार्क क्षेत्र पनि रहेको पाटनढोका क्षेत्रबाट पिक आवरमा १ मिनेटमा औसतमा २३ वटा चारपाङ्ग्रे र २८ वटा २ पाङ्ग्रे पास हुने गरेका थिए । तर, पाटन ढोकाको चौढाइ मात्र १०.४ फिटमात्र रहेको थियो जसले गर्दा एकैपटक दुईवटा सवारी पास हुन सक्दैन । त्यही भएर सो क्षेत्रमा अध्यधिक जाम हुने गरेको थियो । ‘त्यसमाथि स्कूल, क्याम्पस, ठूला सपिङमल, बैंक, होटल र रेस्टुरेन्ट रहेको सो क्षेत्रमा पैदालयात्रुको चाप पनि उत्तिकै हुन्थ्यो,’ उनले भने ।सो क्षेत्रमा वान वे लागू गर्न स्थानीयबाट पनि भरपुर सहयोग प्राप्त भएको हाछेथुले रातोपाटीलाई बताए । सो क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि पहललाई तननी टोली, मिखाबहाल टोल र शान्ति युवा क्लब लगायत स्थानीयले सकारात्मकरुपमा लिँदै सहयोग गरेकाले पनि यो अभियान सफल भएको उनको ठहर छ । ‘स्थानीयको सहयोगले पनि हामीलाई यो लागू गर्न सहज भयो,’ हाछेथुले भने । मिखाबहाल टोलका अध्यक्ष आपुलाल महर्जनले सुधारका सकारात्मक काममा आफूहरुको जहिले पनि सहयोग रहने बताए । शान्ति युवा क्लब शेखर डंगोल पनि आफ्नो क्षेत्र सुधारको सकारात्मक पहलमा आफूहरुले साथ दिने बताए । तननी अध्यक्ष सुरेशमान महर्जनले वान वे लागू गरिएपछि यस क्षेत्रको ट्राफिक समस्या हल हुनुका साथै अव्यवस्थित पार्किङ लगायतको समस्या हल भएको र सर्वसाधारणले दैनिकरुपमा खेप्नु पर्ने समस्याबाट राहत पाएको जिकिर गरे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com