Home समाचार राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् । बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले सैन्य कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू गर्छ । उनीहरुको व्यापारिक हित र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउनेछन् । राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ । राष्ट्रपतिले यो पनि भनेका छन् कि अमेरिकाले म्यानमारका लागि कडा निर्यात नियन्त्रण लागू गर्नेछ र आवश्यकता परे अतिरिक्त प्रतिबन्ध लगाउनका लागि पनि तयार छन् । राष्ट्रपति बाइडेनले भने, ‘म आज पुनः एकपटक बर्माको सेनासँग आङ सान सूची र विन मिन्तसमेत लोकतान्त्रिक राजनीतिक बन्दी र कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गर्छु ।’उनले थपे, ‘सेनाले सत्ता छोड्नै पर्छ ।’राष्ट्रपति बाइडेनका अनुसार उनको प्रशासनले अमेरिकामा राखिएको म्यानमारको एक अर्ब डलर फन्ड फ्रिज गर्ने तयारीमा छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com