Home समाचार प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

by ईलालटिन
0 comment

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले यसबाहेक चालु आर्थिक वर्षमा नेपाल प्रहरीका लागि प्रदेशभर थप २१ वटा भवन बनाउने निर्णय गरिएको जानकारी दिए । प्रदेश सरकारले यसअघि ४६ वटा प्रहरीचौकी भवन निर्माण प्रारम्भ गरी १७ वटाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्यको यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रहरीको अवस्था दयनीय भएकाले अवस्था सुधारमा ध्यान दिइएको पौडेलको भनाइ छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई  ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।  मन्त्रिपरिषद् बैठकले प्रहरीका लागि १२ वटा गाडी र २२ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com