Home समाचार दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

by ईलालटिन
0 comment

सुर्खेत ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन्  । दैलेख प्रहरीले  महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो । खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान  गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको श्रेष्ठले बताए । १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरण रिटमामार्फत उनी थुनाभुक्त भइ फरार थिए  । पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइयो । उनलाई साबिकको द्वारी गाविस–१  हाल नौमुले गाउँपालिकामा २०६१ साउन २७ गते हत्या गरिएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com