Home समाचार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

by ईलालटिन
0 comment

काठमाडौं ।  सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ ।  भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com