Home समाचार नाका खुकुलो भएसँगै आवतजावतमा सहज

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

by ईलालटिन
0 comment

झापा  । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ। नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो। नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए। उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको स्वीकार गरे। ‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ’, उनले भने, ‘तर अन्यको हकमा भने पुरानौ अवस्था छ। खुकुलो बनाइएको छैन।’उनले नेपालका अन्य सीमानाका खुले पनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए। भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए। कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com