Home समाचार सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

by ईलालटिन
0 comment

मकवानपुर । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा  हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com