Home समाचार पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय खोल्ने

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय खोल्ने

by ईलालटिन
0 comment

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ। पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो। पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ।कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ। त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए। वृद्धाश्रम भने निर्माण सुरू नै भइसकेको छ। त्यो समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ।‘पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन भइरहेको छ,’ ढकालले भने।अध्ययनपछि कहिलेसम्ममा निर्माण गर्नेलगायत डिपिआरमार्फत योजना बनाइने उनले बताए।उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै अंगको अध्ययन अध्यापन गर्ने बताए। पशुपति क्षेत्र विकास कोषले हाल नेपाल वेद विद्याश्रम स्कुल सञ्चालन गरिरहेको छ। त्यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com