Home समाचार दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १९ जना घाइते

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १९ जना घाइते

by ईलालटिन
0 comment

काठमाडौं  ।  दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।मंगलबार दिउँसो साढे १ बजे दोलखाको बुलुङबाट छुटेको रोलवालिङ यातायातको बा ३ ख २७८९ को बस सिन्धुपालचोकको सुनकोशी गाउँपालिका-६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरे जानकारी दिए।बस मुडेस्थित ११ किलो भन्ने स्थानमा पल्टिएको इन्स्पेक्टर घिमिरेले बताए।घाइते मध्ये १० पुरूष, ८ महिला र एकजना बालक रहेका छन्।घाइतेको उपचार खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था बुझ्ने काम भइरहेको उनले बताए।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com