Home समाचार भारतको एक विश्वविद्यालयले बेच्यो ३६ हजार नक्कली डिग्री

भारतको एक विश्वविद्यालयले बेच्यो ३६ हजार नक्कली डिग्री

by ईलालटिन
0 comment

नयाँदिल्ली  ।  भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ। मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ। बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै धेरै नक्कली डिग्री फेला पर्ने अनुमान गरिएको छ।यो विश्वविद्यालय राजकुमार रानाले चलाएका हुन्। उनी ट्रस्टका अध्यक्ष छन्। उनको पासपोर्ट फिर्ता गरिएको छ भने अष्ट्रेलियामा रहेका उनकि पत्नी र छोराछोरीलाई पनि भारत झिकाउने प्रक्रिया सुरू गरिको छ। राजकुमारको परिवारले  नक्कली डिग्री बेचेर १ सय ९४ करोड भारू कमाएको प्रहरीको अनुमान छ। प्रहरीले यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको बताएको छ। राना परिवारले सन् २००९मा हिमाञ्चल र  २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो। उक्त विश्वविद्यालयविरूद्ध नक्कली डिग्री दिएका अरू उजुरी पनि प्रहरीमा दर्ता भएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com