Home समाचार बिहीबारदेखि देशभरि सामान्य वर्षा हुने

बिहीबारदेखि देशभरि सामान्य वर्षा हुने

by ईलालटिन
0 comment

काठमाडौं ।  बिहीबारदेखि देशभरि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिमी क्षेत्रबाट भित्रिएको वर्षा बिहीबार राति या शुक्रबार बिहान देशको मध्य मागमा आइपुग्ने छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ। देशको तराई क्षेत्रमा हाल लागेको बाक्लो हुस्सु बुधबार दिउँसोबाट हटेर जाने महाशाखाको भनाइ छ। ‘बिहीबार र शुक्रबार देशभरि बदली हुने सम्भावना छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘बिहीबार राति या शुक्रबार बिहानबाट काठमाडौं उपत्यकामा वर्षा हुने छ।’  तर, भारी वर्षाको सम्भावना भने नरहेको कँडेलले बताइन्। यो वर्षा मध्य भागबाट तराई हुँदै देशको पूर्वी क्षेत्रबाट बाहिरिने कँडेलले बताइन्। हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा जाँदा सतर्कता अपनाउन महाशाखाको सुझाव छ। हिमपात हल्कादेखि मध्यम हुने सम्भावना रहेको कँडेल बताउँछिन्।

मंगलबार: दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा मौसम  सफा रहनेछ। प्रदेश नम्बर १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति प्रदेश नम्बर ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नम्बर १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बुधबार:  दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।  बाँकी पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भू-भागमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राति  पहाडी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।बिहिबार : दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागमा मौसम  सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ।राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com