भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगले जानकारी दिएको छ । रातोपाटी ।
ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना
108
काठमाडौं । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । देशव्यापीरुपमा गठन गर्नेक्रममा दाङमा आचार्यको नेतृत्वमा ३ सदस्यीय समिती चयन गरेको हो। जसको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छ।
previous post