Home समाचार कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस

by ईलालटिन
0 comment

कास्की  । कास्कीको मादी गाउँपालिकाको केन्द्र नयाँ ठाउँमा सारिने भएको छ । लामो समयको विवादपछि हाल कायम रहेको याञ्जाकोटबाट केन्द्र वेत्याहनीमा सारिने भएको हो । गत वर्ष पुसमा भएको मादी गाउँपालिकाको गाउँसभाले केन्द्र मादी गाउँपालिकाको मादी करिडोर छेउमा पर्ने वेत्याहनीमा बनाउने तयारी थालेको थियो । नेकपाको बर्चस्व रहेको पालिकाका अध्यक्ष सहित बहुत सदस्यले गरेको सो निर्णयबिरुद्ध कांग्रेस उभिएपछि विवाद शुरु भएको थियो । केन्द्र वेत्याहनीमा सार्न दुई तिहाई बहुमत नपुगेपछि गाउँसभाले ४ ठाउँलाइ केन्द्र बनाउन उपयुत्त हुने भन्दै  विकल्पका रुपमा अगाडी सारेको थियो । लामो बिवादबीच मादीको कार्यपालिका बैठकले सिफारिस गरेको आधारमा वडा नम्बर ४ को बेत्याहनीमै गाउँपालिकाको केन्द्र तोक्न गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय मन्त्रिपरिषदमा सिफारिस गरेको छ। पालिकाले ३ वटा प्राथमिकता मध्ये बेत्याहनीलाई पहिलो नम्बरमा राखेर पठाएकाले त्यसैलाई केन्द्र तोक्न सिफारिस गरेको गण्डकी प्रदेश सरकारका प्रबक्ता एवं भौतिक योजना मन्त्री रामशरण बस्नेतले जानकारी दिए । प्रदेश सरकारले पालिकाबाट पहिलो, द्रोस्रो र तेस्रो गरि प्राथमिकता निर्धारण गरे अनुसार नै संघ सरकारमा सिफारिष गरेको उनले बताए ।

पालिकाले पहिलो नम्बरमा बेत्याहनी, दोस्रोमा देउराली, तेस्रो नम्बरमा तारकाङ र चौथो नम्बरमा हाल केन्द्र भएको याङ्जाकोट मध्येलाई केन्द्र तोक्न प्रदेश सरकारमा सिफारिस गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । गाउँसभाले चार विकल्प मध्ये जुनसुकै निर्णय भएपनि मान्य हुनेगरी सिफारिस गरेको थियो । गाउँपालिकाको केन्द्र अपायक ठाउँ भएका भन्दै सार्नका लागि सुरुदेखि नै दवाद दिदै आएको थियो ।पालिकाले सुरुमै उपाध्यक्षको संयोजकत्वमा प्राविधिकसहितको अध्ययन समिति बनाएको थियो । त्यस समितिले देउराली, कुलेडाँडा, माझाडिही, तारकाङ, साझा भवन काँढे भत्केम्ले, भैंसे लगायत ठाउँको अध्ययन गरेर देउराली र बेत्याहनी साझामा केन्द्र तोक्न आग्रह गरेको थियो ।लामोसमय सम्म गाउँपालिकाको स्थानीय केन्द्र तोक्न नसक्दा गाउँपालिका क्षेत्रमा भौतिक संरचना निर्माणमा समस्या परेको थियो । पालिकाले आवस्यक भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरेर पनि भवन लगायतका संरचना निर्माणका कार्य अगाडी बढाउन सकेको थिएन। पलिकामा आउने सेवाग्राहीले समेत प¥याप्त भौतिक संरचनाको अभावका कराण सास्ती खेप्दै आएका थिए ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com