Home समाचार सेनाका बख्तरबन्द गाडीले मध्यरातमा चक्रपथ परिक्रमा गर्दै

सेनाका बख्तरबन्द गाडीले मध्यरातमा चक्रपथ परिक्रमा गर्दै

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली सेनाका करिब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । मुलुकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी र्दिए  । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ । सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि  यसखाले नियमित अभ्यास गर्दै आएको छ ।  विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गर्थ्यो । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको  छ ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com