Home समाचार फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

by ईलालटिन
0 comment

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा.टसी आङ्जुक लामाले जानकारी दिए । फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा.लामाले जानकारी दिए । सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा आज बिहान मृत्यु भएको हो । ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com