Home समाचार मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ

मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।  नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गरेको हो।मोरङ बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।‘उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो,’ प्रहरी उपरीक्षक खड्काले सेतोपाटीसँग भने।संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न छन्। श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।

त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो।‘मृतकको लाश सनाखत गर्ने क्रममा शिक्षकलाई घरबाट अपहरण गरी लैजाँदा उनी पनि थिए भन्ने छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘शिक्षक हत्यामा संलग्न को-को थिए भन्ने विस्तृत अनुसन्धानका लागि बाटो पनि खुलेको छ।’श्रेष्ठको हत्यामा संलग्न विप्लव कार्यकर्ता कसैलाई पनि प्रहरीले फेला पार्न सकेको थिएन।विक शिक्षक हत्याको समयमा विप्लव समूहको मेची-कोसी ब्युरो सदस्य थिए। हाल उनलाई मोरङ इञ्चार्जको जिम्मेवारी दिइएको थियो।उनको साथबाट पेस्तोलको म्यागजिन, गोली तीन थान पनि बरामद भएको छ।शिक्षक श्रेष्ठलाई छ जनाको समूहमा आएको विप्लव माओवादीको समूहले अपहरण गरी जंगलमा लगेर हत्या गरेको थियो।उनी मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com