Home समाचार आगलागीमा परेका दुई जनाको मृत्यु, थप ३ घाइते

आगलागीमा परेका दुई जनाको मृत्यु, थप ३ घाइते

by ईलालटिन
0 comment

दाङ । छुट्टा छुट्टै आगलागीका घटनामा परि गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वली र तुलसीपुर १८ की ५६ वर्षीया उर्मिला नेपाली छन्। माघ १ गते बिहान कुखुरालाई न्यानो बनाउन प्रयोग गरिएको ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते वलीको बुधबार राति साढे ११ बजे उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो। घटनामा परि घाइते भएकी उनकी ३३ वर्षीया श्रीमती गीता वलीको उपचार जारी छ। आगलागीमा परी गम्भीर घाइते भएका वली दम्पत्तीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। कीर्तिपुर अस्पतालमा उपचाररत त्यसमध्ये लालबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए।

उक्त घटनामा परि १३ वर्षीय सिजन खड्का पनि सामन्य घाइते भएका थिए। आगलागीमा परि वलीले पालेका पाँच सय कुखुरा, गोठ र चल्लाको दानासमेत जलेर नष्ट भएको थियो।  आगलागीबाट गोठ पूरै जल्नुका साथै सबै कुखुरा र चल्ला जलेर मरेको छन् साथै घरमा समेत क्षति पुगेको प्रहरीले बताएको छ।त्यस्तै अगेनामा आगो ताप्ने क्रममा पुस १४ गते जलेर गम्भीर घाइते भएकी नेपालीको बुधबार काठमाडौंमा मृत्यु भएको हो।त्यसअघि तुलसीपुर १० की ५५ वर्षीया मिनकला खड्काको पनि आगोमा जलेर मृत्यु भएको थियो। खड्का पुस १० गते बिहान खाना पकाउँदै गर्दा सारीमा आगो सल्किएपछि गम्भीर घाइते भएकी थिइन्। उनको माघ २ गते राति पाल्पामा मृत्यु भएको थियो।त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ४ की ७१ वर्षीया महिमी भण्डारी आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी छन्।प्रहरीका अनुसार माघ ६ गते बेलुका साढे ६ बजेतिर भएको घटनामा परि उनको झन्डै २० प्रतिशत शरीर जलेको छ। उनको उपचार पाल्पामा भइरहेको छ ।त्यस्तै आगो ताप्ने क्रममा दंगिशरण गाउँपालिका वडा नं. ७ लौबस्ताकी ६२ वर्षीया खुँईती चौधरी गम्भीर घाइते भएकी छन्। माघ ७ गते बेलुका ८ बजेतिर घरमै आगो ताप्ने क्रममा अगेनामा परेर उनी गम्भीर घाइते भएको र थप उपचारका लागि पाल्पा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।जाडो बढेपछि जेष्ट नागरिक तथा महिलाहरू अगेनामा आगो ताप्ने क्रममा आफूले लगाएका कपडाबाट आगो सल्किएर यस्ता घटना हुन थालेकाले सावधानी अपनाउन आवश्यक रहेको इप्रका तुलसीपुरका प्रमुख सिंहले आग्रह गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com