Home समाचार प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

by ईलालटिन
0 comment

मोरङ ।   प्रदेश १ मा नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए । उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ । प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।

अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्छ । तर, राइले काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् । अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको प्रचण्ड माधव पक्षको पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ । त्यसका लागि प्रचण्ड माधव पक्षले नेपाली काँग्रेससँग निरन्तर छलफल गरिरहेको र काँग्रेस सकारात्मक रहेको सो पक्षका नेताहरुले बताउदै आएका छन् । प्रतिनिधि सभा विघटनसँगै प्रदेश सभामा पनि नेकपा ओली र प्रचण्ड माधव पक्षमा विभाजित छ । रोतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com