Home समाचार हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं  ।  काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन्। ‘कोठाको झ्याल ढोका लगाएको अवस्था रहेछ। हिटर बालेर सुत्नुभएको देखिन्छ। प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भयो। प्रहरी पुग्दा आगो निभिसकेको थियो,’ डिएसपी विष्टले भने,’उनको अगाडिको भाग जलेको छ। चार बजे उठ्ने मान्छे ६ बजे सम्म पनि किन नउठेको भनेर अन्य परिवारका सदस्य हेर्न गएका रहेछन्र।’महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।  कार्य गरिरहेको उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com