90
काठमाडौं । सुदूर पश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो। बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला र भारतमासमेत महसुस गरिएको थियो। सेतोपाटी ।