विराटनगर । केहीदिन अघि काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणको समस्या प्रदेश १ को राजधानी विराटनगरमा पनि देखापरेको छ।वायु प्रदूषणको स्तर उच्च देखिएपछि विराटनगर महानगरले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ। महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ वाक नगर्न भनेको छ। महानगरका अनुसार हावाको गुणस्तर इ ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ। तर, विराटनगरको हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ। विराटनगर क्षेत्रमा अपरान्हको समयमा प्रदूषण झनै बढ्ने सम्भावना औल्याउँदै महानगरले सावधानी अपनाउन आग्रह गरेको छ। अपिल जारी गरेर महानगरले अत्यावश्यक कामबाहेक बाहिर नजान, मास्क अनिवार्य लगाउन भनेको छ। रातोपाटी ।
विराटनगरमा वायु प्रदूषण उच्च, महानगरले भन्यो – घर बाहिर ननिस्कनू
113
previous post