Home विशेष घुस खाएको र सरकारी पैसा हिनामिना गरेको आरोपमा चिनियाँ पूर्वबैंकरलाई मृत्युदण्ड

घुस खाएको र सरकारी पैसा हिनामिना गरेको आरोपमा चिनियाँ पूर्वबैंकरलाई मृत्युदण्ड

by ईलालटिन
0 comment

एजेन्सी,बेइजिङ ।
चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई मृत्युदण्ड दिने भएको छ।  घुस खाएको, सरकारी पैसा हिनामिना गरेको र बहुविवाहको आरोप लागेका लाई सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए। उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ। त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए। अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ। उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए।

उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन्। उनले पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएको उल्लेख गरिएको छ।

सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ।

‘उनी कानुनलाई मान्दैनथे र अति लोभी थिए,’ अदालतले भनेको छ।

सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो। त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो।

तियान्जिन अदालतले सिआओमिनले धेरैजसो अपराध सन् २०१२ को चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनपछि गरेको जनाएको छ।

उक्त सम्मेलनबाट सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चुनिएका थिए। पछि चीनको राष्ट्रपति चुनिएका उनले भ्रष्टाचारविरोधी अभियान नै चलाएका थिए। सीको अभियानका क्रममा लाखौं अधिकारीहरूलाई अनुसन्धान र सजाय गरिएको थियो। सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई समाप्त पार्न यस्तो अभियान चलाएको आरोप उनीमाथि लाग्दै आएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com