Home समाचार नर्वेमा पहिरो : १० जना बेपत्ता, सयौँ विस्थापित

नर्वेमा पहिरो : १० जना बेपत्ता, सयौँ विस्थापित

by ईलालटिन
0 comment

ओस्लो ।  नर्वेमा पहिरोका कारण १० जना भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।  घटनामा परी अरू १० जना घाइते भएका छन् भने करिब १ हजार  जनाको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।  पहिरोको घटना नर्वेको राजधानी ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन्। धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,’ एक प्रहरीले भने। घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो।

झण्डै दुई लाख १० हजार वर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो।  ‘त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्थे। उनीहरू अहिले विस्थापित भएका छन्,’ अर्का एक अधिकारीले भने ।   प्रहरीले थपे, ‘अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन।’ घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको पनि प्रहरीले जनाएको छ।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले आफूहरूको घर नै बगाएको जानकारी दिएका थिए।  पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ।  नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।  उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाएका छन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com