काठमाण्डौँ । रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा आगलागी भएको छ। लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो। शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु६४प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो।मोटरसाइकल चालक दीपक घिमिरे भने सकुसल रहेका छन्। दुर्घटना पछि मोटरसाइकल पल्टिएलगत्तै आगो लाग्न सुरू भएपछि स्कुटरलाई भने तानेर जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो लागेपछि मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। आगो लागेपछि केहीबेर सडक नै अवरुद्ध भएको थियो। सेतोपाटी ।
स्कुटरमा ठोक्किएको मोटरसाइकलमा आगो लाग्दा सडक नै अवरूद्ध
91
previous post