Home बुलेट न्युज नेकपा नेता पदम गिरी मन्त्री बन्दै

नेकपा नेता पदम गिरी मन्त्री बन्दै

by ईलालटिन
0 comment

पर्वत । नेकपाका नेता एवं निर्वतमान साँसद पदम गिरी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै अब केही दिनमै मन्त्री मण्डल विस्तार गर्ने क्रममा नेता गिरी पनि लगभग मन्त्री बन्ने पक्कापक्की भएको उनी निकट नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको गुटमा रहेका विघटित प्रतिनिधि सभाका सबै साँसदहरुलाई केन्द्रिय सदस्य बनाएसँगै नेता गिरी पनि स्वत केन्द्रिय सदस्य बनेका हुन् । मन्त्री बन्ने कुरालाई स्वयं नेता गिरीले समेत स्वीकार गरेका छन् ।

बालुवाटारमा भएको केन्द्रिय सदस्यहरुको भेलामा रहेका नेता गिरीलाई पर्वतका एक पत्रकारले टेलिफोन सम्पर्क गरेर केन्द्रिय सदस्य भएकोमा बधाई दिँदै, ‘मन्त्री हुने कुरो के छ ?’ भनेर सोधेका थिए ।

जवाफमा नेता गिरीले सम्भावना राम्रो भएको र त्यसकै लागि थप प्रयास भैरहेको बताएका थिए ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com