Home समाचार प्रतिनिधिसभा विघटनविरुद्ध शान्ति समाजको देशव्यापी प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध शान्ति समाजको देशव्यापी प्रदर्शन

by ईलालटिन
0 comment

काठमाण्डौँ । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै आन्दोलन प्रारम्भ गरेको छ ।सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहामगर, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी अमृतजङ्ग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिगमनविरुद्ध समाजको आन्दोलनका क्रममा पुस ५ गते दाङ शाखाको आयोजनामा तुलसीपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको जनाइएको छ । देशभरका शाखाले पनि प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने समाजले जनाएको छ ।रातोपाटी । 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com