जार्काता । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरूद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ। संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो। ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो। त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ।
डब्लुएचओ भन्छ- कोरोनाको खोप एसिया प्रशान्त क्षेत्रमा आउन एक वर्ष लाग्न सक्छ
205
डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरूसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन्। ‘कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरू गर्न सकेका छैनन, उनीहरूले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ,’ उनले भने। उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए। स्वास्थ्यसम्वन्धी निकायहरूले सबैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन्। सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ। सेतोपाटी ।
previous post