Home समाचार महालक्ष्मी बैंक ललितपुरको सात करोड कर्जा हिनामिना, तीन पक्राउ

महालक्ष्मी बैंक ललितपुरको सात करोड कर्जा हिनामिना, तीन पक्राउ

by ईलालटिन
0 comment

काठमाण्डौँ ।  महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ। यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ। ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘थोरै सुन धितो राखेर सात करोडभन्दा बढी रकम प्रवाह भएको छ। ऋणीहरू राखेर रकम निकालिएको छ,’ उनले भने। अनियमितता प्रकरणमा जोडिएका एक दर्जन जनाविरूद्ध जाहेरी रहेको उनले बताए। ‘दर्जनविरूद्ध जाहेरी परेको छ। हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने। उक्त प्रकरणको अनुसन्धानका लागि राष्ट्र बैंकले सिआइबीलाई चिठी लेखेको थियो। पाण्डेका अनुसार यो प्रकरणका मुख्य व्यक्ति पक्राउ परिसकेका छैनन्।  ऋण प्रकरणबारे अनुसन्धान गर्न बैंकका सिइओसम्मलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com