Home समाचार नौ महिनापछि खुल्यो पशुपति मन्दिर

नौ महिनापछि खुल्यो पशुपति मन्दिर

by ईलालटिन
0 comment

काठमाण्डौँ । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुलेको छ। प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द थियो ।संक्रमणसँग बढ्दो दूरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ। मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरूपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ। मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरू हुनेछैन।

पहिलो चरणमा परीक्षणका रूपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने छ। नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्दै आएका थिए । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् ।नौ महिना यता पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन रहदै आएको थियो ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com