Home समाचार मास्क र सेनिटाइजर लगाउँदै झापामा शतबीज छर्नेको घुइँचो

मास्क र सेनिटाइजर लगाउँदै झापामा शतबीज छर्नेको घुइँचो

by ईलालटिन
0 comment

झापा । मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व झापाको सताक्षीधाममा धुमधामका साथ मनाइएको छ।बाला चतुर्दशीमा लाखौँ भक्तजन सताक्षीधाममा आएर शतबीज छर्ने परम्परा यसवर्ष पनि कायमै रह्यो। कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न स्थानीय प्रशासनले रोक लगाए पनि आइतबार बिहानैदेखि सर्वसाधारण तीर्थयात्रीको बाक्लो उपस्थिति थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सताक्षीधामका विभिन्न ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृ स्मरण गर्दै छर्ने गरिएको छ । सताक्षीधाममा झापा सहित मोरङ सुनसरी इलाम लगायतका सर्वसाधारण तीर्थयात्री शतबीज छर्न आएका थिए । सताक्षीधाम मन्दिर विकास समितिका सचिव उदय प्रकाश राईका अनुसार सर्वसाधारण तीर्थयात्रीको सुविधाका लागि ठाउँठाउँमा हात धुने पानी, साबुन, सेनिटाइजर र मास्क नलगाएकालाई निःशुल्क मास्क प्रदान गरिएको छ। कोरोनाका कारण बालाचतुर्दशी धार्मिक मेला आयोजना नभए पनि हिजो साँझ महादीप दान गर्ने र आज बिहान शतबीज छर्नेको धाममा घुइँचो रहेको धाम विकास समितिका सचिव राईले सेतोपाटीलाई जानकारी दिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com