पर्वत । साहसिक खेलका तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ।
विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो।
यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीले बताए।
‘यहाँको जिपलाई सुपर म्यान शैलीको बनाउन लागिएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।’ उनले भने, ‘यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ।
त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई १८ सय मिटर छ।’ क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको हो। https://youtu.be/G7l4ZUeV4bI