Home समाचार सपना मगरलाई एनआरएनएले गर्‍याे नगदसहित सम्मान

सपना मगरलाई एनआरएनएले गर्‍याे नगदसहित सम्मान

by ईलालटिन
0 comment

बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ एनआरएनएले नगदसहित सम्मान गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे।सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उपक्षेत्रीय संयोजक मनोज गोर्खालीलगायतको उपस्थिति थियो। सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने उनले बताइन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com