पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड(१९०को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु आइतबार देखि खुल्ने भएका छन् ।
कुश्मा नगरपालिकामा बिहीवार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो । नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचालन हुने भएका हुन् ।
झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेका कारण आईतवारदेखि नियमित रुपमा विद्यालय संचालन गर्न नगरप्रमुख रामचन्द्र जोशीले निर्देशन दिएका छन् ।
जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने भन ेपनि अभिभावक चाहिँ आफ्ना सन्तानलाई तत्कालै विद्यालय पठाई हाल्ने पक्षमा देखिन्न् ।