पर्वत । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते देखि औपचारिक रुपमा आफ्नो ब्यवसाय सञ्चालन गरेको छ । र बन्जी,स्वीङ र गुलेली पिङ सञ्चालनमा आइसकेका छने भने साइकलिङ केही समयपश्चात सुरु गरिने प्रालिले जानकारी गराएको छ । चार वर्ष अघि २०७३ सालदेखी निर्माण सुरु भएको पुल र रिसोर्टको काम २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन सकेको थिएन ।
५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने टफर्मको निर्माण गरिएको छ । खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ ।
द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा आफुलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ बिश्वकै अग्लो बनेको कम्पनीको दाबी छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ । यहाँको अर्को विशेष्ता के हो् भने बन्जि र स्विङ गर्न डराउनेहरुले गुलेले पिङको मज्जा लिन सक्ने छन् पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ ।
यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ लाग्ने बताइएको छ । यस्तै रिसोर्ट बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न । अँ, साँच्ची बन्जि र स्विङ गर्न ७ हजारका दरले पैसा लाग्छ भने पुल मात्र तरेर पारी रिसोर्टससम्म पुगेर मज्जा लिन्छु भन्ने हो भने चाहिँ ५०० रुपैयाँको टिकट लिनुपर्ने छ । यसभित्र फ्राईड राईस र एउटा कोकोकोला पाउन सक्नुहुने छ । अब आउने हैन त, कुश्मामा रहेको बन्जि हान्न ?