Home बुलेट न्युज भाइटिकाको साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भाइटिकाको साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

by ईलालटिन
0 comment

राेशन दानी
काठमाडौँ । चन्द्रागिरि २ बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । डिएसपी श्रेष्ठले भन्नुभयाे, ‘हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश लोहारलाई नियन्त्रणमा लिइएका छाैँ ।’

श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूज 24

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com