काठमाडौं । महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक बरामद भएको छ ।
अबैध जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको कुलेश्वरका शिव श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।
पक्राउ परेकाहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।