Home पत्रपत्रिका ओलीलाई बैठक डाक्न बुझाएको निवेदनले प्रचण्डको ‘कार्यकारी अध्यक्ष’ माथि प्रश्न

ओलीलाई बैठक डाक्न बुझाएको निवेदनले प्रचण्डको ‘कार्यकारी अध्यक्ष’ माथि प्रश्न

by ईलालटिन
0 comment

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले ‘कार्यकारी अध्यक्ष’को जिम्मेवारी उनी स्वयम्ले पालना नगरेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगाएको छ।

गत वर्ष मंसीर ४ गतेको नेकपा सचिवालय बैठकले निर्णय गरेर दिएको ‘कार्यकारी अध्यक्ष’ को पद विपरीत पार्टी सचिवालय बैठकको माग गर्दै ‘प्रचण्ड’ ले पाँच जनाको निवेदन ओलीलाई बुझाएपछि यस्तो प्रश्न उठेको हो ।

बालुुवाटार गएर प्रधानमन्त्री ओलीलाई ‘सचिवालय बैठक राखी पाऊँ’ भनी बुझाइएको निवेदनका पहिलो नम्बरमा नाम राखेका प्रचण्डको नाममा ‘कार्यकारी अध्यक्ष’ नलेखी ‘अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड’ मात्र लेखेका छन् । उक्त निवेदनको व्यहोरामा भने ‘कार्यकारी अध्यक्ष’ ले पटक–पटक बैठक राख्न आग्रह गरिएको उल्लेख छ ।

पत्र बुझाउन पुगेका पाँच नेताको बैठकमा पनि ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी अनुकूलको काम नगरेको बताएका थिए ।

नेकपाको एक महत्वपूर्ण जनवर्गीय संगठनको नेतृत्वमा रहेका नाम उल्लेख गर्न नचाहने एक कानून व्यवसायीले भने, ‘कार्यकारी अध्यक्षले पनि कहीँ बैठक डाक्न निवेदन हाल्न मिल्छ ? उहाँको निवेदनले नेकपा एकल अध्यक्षत्मक प्रणालीमा गएको स्वयम् उहाँले पुष्टि गर्नुभएको छ । उहाँले पद र जिम्मेवारी अनुरुपको काम नगरेको प्रष्ट छ ।’

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पत्र बुुझाउन पुुगेका प्रचण्डलाई चार जना सचिवालय सदस्यकै सामु भनेका थिए, ‘गुुटबन्दी नगर्नुस् । यो तपाईंहरुको गुटबन्दीपूर्ण क्रियाकलाप भो । पार्टी विभाजनको प्रयास हो । तपाईंहरुले लेखेका कुरा अपराधिक योजना अन्तर्गतका छन् । सत्यतथ्य केही छैनन् । पार्टी एकताको विपक्षमा छन् । मैले कहाँ भनेका कुरा तपाईंहरुले उल्लेख गर्नुभएको छ ? यी त वाहियात झूट हुन् ।’

नेकपा सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले ओलीलाई जवाफ फर्काए, ‘मैसँग भन्नुभएको हो ।’

‘अध्यक्ष प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेको उक्त पत्रबारे स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरुलाई सडकछाप भनेको, स्थायी कमिटी सदस्यलाई हुल्लडवाज भनेको’ जस्ता आरोपहरु लगाइएको छ । के–के भनेर भड्काउन, घृणा फैलाउन सकिन्छ, विरोधी बनाउन सकिन्छ, आफ्नो पक्षमा पार्न सकिन्छ, ती सबै प्रपञ्च अन्तर्गतका भाषा, शैली, संस्कार पत्रमा उल्लेख छन् ।’ उक्त पत्र प्रचण्डसहितका पाँच नेताले गोप्य नै राखेका छन् ।

-breaknlink.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com