112
काठमाण्डौँ । प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको छ। काठमाडौंको जोरपाटीबाट उनलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। उनले नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेविरूद्ध कालो झन्डा देखाउने र पुत्ला जलाउने भन्दै अभिव्यक्ति दिएका थिए।
त्यसैकारण उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। विरोध गर्न त पाइन्छ तर उनले कालो झन्डा देखाउने पुत्ला जलाएर विरोध गर्ने भनेका थिए,’उनले भने,’त्यसपछि हामीले हिजो जोरपाटीबाट पक्राउ गर्यौं।’उनी अहिले परिसरको हिरासतमा छन्। पुण्य गौतमले युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिएर चर्चामा आएका व्यक्ति हुन्।