Home बुलेट न्युज धौलागिरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धौलागिरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

by ईलालटिन
0 comment

बागलुङ । धौलागिरी अञ्चल अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

सघन उपचार कक्षमा भेन्टिलेटरमा रहेका उनको केही दिनदेखि स्वास्थ्य अवस्था स्थिर थियो। मंगलबार बिहान १०ः२० बजे उनको निधन भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए।

कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनी कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा गरिएको जाँचमा कोभिड–१९ पुष्टि भएपछि एकसाता अघिदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

नेपालकै पाँचौं र छैटौं संक्रमितको उपचारबाट कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरी अस्पतालमा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलका अनुसार ती पुरुषमा मुटु र फोक्सोको समस्या थियो।

मृतकको शव व्यवस्थापनका लागि तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । थाहा खबर ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com