पर्वतको सदरमुकाम कुस्मा बजार आज राती देखि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
समुदाय स्तरमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
डिसिसिएमसीले गरेको निर्णय अनुरुप शुक्रबार राति १२ बजेदेखि २१ गते सम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा कार्यलय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द हुनेछन् ।
कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पुर्ण बैँक तथा बित्तिय संस्था र अति अबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने निर्णय गरिएको छ ।