Home विशेष फ्रान्समा एक महिनाका लागि पुनः लकडाउन घोषणा

फ्रान्समा एक महिनाका लागि पुनः लकडाउन घोषणा

by ईलालटिन
0 comment

पेरिस । कोरोना भाइरस संक्रमण तीव्र बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर लकडाउन घोषणा गरेका छन्। बीबीसीका अनुसार शुक्रबारदेखि लागू हुने गरी नोभेम्बरको अन्त्यसम्म लकडाउन हुने भएको हो।

नयाँ व्यवस्थामा अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी कामबाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। त्यस्तै रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। यद्दपि विद्यालय र उद्योगहरू भने खुल्नेछन्।

फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो।

यसैबीच जर्मनीले पनि रेस्टुरेन्ट तथा जिम लगायतका सार्वजनिक व्यवसायहरू बन्द गर्न सक्ने समाचारमा बताइएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com