Home विशेष १२ करोडको सेटिङ मिलाउन अष्ट्रेलीया बस्ने नटवरलाल नेपालमा

१२ करोडको सेटिङ मिलाउन अष्ट्रेलीया बस्ने नटवरलाल नेपालमा

by ईलालटिन
0 comment

काठमाडाैं ।  विद्यार्थी भिसामा अष्ट्रेलीया गएका पर्सा जिल्लाका भेष चौरसिया यतिबेला काठमाडौंमा छन् । उनी कोभिडको प्रभावका कारण नेपाल फर्किएका भने होईनन्, उनी आएका हुन करिव १२ करोड रुपैयाँको सेटिङ मिलाउन ।

विद्यार्थी भिसामा अष्ट्रेलीया गएका उनी अहिले अष्ट्रेलीयन सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने फण्ड हत्याउने र फर्जि बिलहरु बनाई त्यसलाई हत्याउने खेलमा लागेका छन् । त्यसरी अष्ट्रेलियन सरकारबाट हत्याइएको पैसा उनले हुण्डीमार्फत नेपाल भित्र्याउने गरेका छन् ।

अष्ट्रेलियन सरकारबाट प्राप्त हुने फण्ड हत्याउनका लागि उनले नेपालमा रहेका आफ्ना नातेदार तथा साथिभाईहरुको सहयोग लिने गरेका छन् । विभिन्न कम्पनीहरुबाट सेवा लिएको फर्जि बिल काट्न लगाई फण्डवापतको रकम हत्याउने गरेका उनले यसमा सघाएवापत केहि प्रतिशत कमिसन पनि दिने गरेका छन् ।

उनले आफ्नो अधिकतम कारोवार आफ्नी श्रीमती अर्चना चौरसियाको नाममा ग्लोवल आईएमई बैंक सातदोबाटो शाखामा खोलिएको खाताबाट गर्ने गरेका छन् ।

अहिले काठमाडौंमा आएका उनी ६ महिना नेपालमा नै बस्ने जानकारी प्राप्त भएको छ । यस क्रममा उनले नेपालमा हुण्डीको सञ्जाल विस्तार गर्नेदेखी अन्य नेटवर्क निर्माण गर्ने योजना बनाएका छन् । साथै उनले हुण्डीमार्फत एक यूवतीको नाममा पठाएको १९ हजार अष्ट्रेलीयन डलर समेत उठाउने प्रयास गरिरहेका छन् ।

काठमाडौं शंकर होटलमा बसेका चौरसियाले नर्सिङका विद्यार्थीहरुलाई अष्ट्रेलीया लगेर काम लगाईदिने प्रलोभन दिदैँ अनुचित लाभ समेत उठाईरहेको श्रोतले जानकारी दिएको छ ।

नेपाल बिदा मनाउन आएको बताउने उनले काठमाडौंमा महङ्गो गाडी र बङ्गला खरिद गर्न चाहेको सुनाउदैँ आएका छन् । नेपाली पब्लिक 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com