Home समाचार भारतले फिर्ता गर्‍यो पक्राउ परेका चिनियाँ सैनिक

भारतले फिर्ता गर्‍यो पक्राउ परेका चिनियाँ सैनिक

by ईलालटिन
0 comment

लद्दाख । लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरिदिएको छ। चिनियाँ जनमुक्ति सेनाले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका अमल्दार वाङ या लोङ भारतले फिर्ता गरेको जानकारी दिएको छ।

दुई देशबीचका सैनिकहरूबीच कुराकानी भएपछि उनलाई फिर्ता गरिएको हो। सोमबार बिहान लद्दाखको दिमचोक  क्षेत्रबाट उनलाई भारतीय सेनाले  नियन्त्रणमा लिएको थियो। उनी हराएको याक खोज्न सहयोग गर्ने क्रममा भारतीय भूमिमा पुगेको पिएलएले जनाएको छ।

भारतीय सेनालेचिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिएर राखेको बताएको थियो।

गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो। त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए। त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटक/पटक वार्ता हुँदै आएको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com