Home बुलेट न्युज नदीभित्र गाडिएको थियो प्रहरी जवानको शव, भेटियो हराएको पेस्तोल पनि

नदीभित्र गाडिएको थियो प्रहरी जवानको शव, भेटियो हराएको पेस्तोल पनि

by ईलालटिन
0 comment

सबिना बुढा ।
धनगढी ।
प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएको ठाउँनजिकै पेस्तोल फेला परेको छ। भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको शव भेटिएको थियो। शवनजिकै विकले बोक्ने गरेको पेस्तोल भेटिएको सिंहले बताए।

उनको शव गाडेको अवस्थामा फेला परेको थियो। प्रहरीले पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा जवानको शव भेटिएको प्रहरी स्रोतले बतायो। ‘पक्राउ परेका व्यक्तिलाई सँगै लिएर गएपछि उनले देखाएको ठाउँ खनेर हेर्दा प्रहरी जवानको शव फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो।

साउँदको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिँदैछ भने पेस्तोलको फरेन्सिक जाँच हुने सिंहले बताए। धनगढी उपमहानगरपालिका-१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत् विक र साउँदलाई तस्करको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

असई विक र जवान साउँदलाई उस्तै प्रकृतिले हत्या गरिएको देखिएको छ। साउँदको पनि घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले हत्यामा संलग्न केहीलाई पक्राउ गरिसकेको बताएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com