Home पत्रपत्रिका देव गुरुङ र उनी पत्नीलाई काेराेना संक्रमण, शान्ता चाैधरी सिकिस्त

देव गुरुङ र उनी पत्नीलाई काेराेना संक्रमण, शान्ता चाैधरी सिकिस्त

by ईलालटिन
0 comment

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र उनकी पत्नी सांसद यशोदा गुरूङ सुवेदीलाई कोरोना संक्रमण भएको छ।

आइतबार गरिएको पीसीआार परीक्षणको रिपार्ट पोजेटिभ आएको  गुरुङले जानकारी दिए।

उनीहरुलाई कोरोना संक्रमण भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु घरमै आइसोलेसनमा बसेका छन्।

‘हामीमा कोरोनाको लक्षण देखिएको छैन। तर रिपोर्ट पोजिटिभ आएकाले आइसोलेसनमा बसेका छौं,’ उनले भने।

यता संसदीय दलका उपनेता सुवास नेम्वाङको भने रिपोर्ट नेगेटिभ आएको छ। हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको नेम्वाङले जानकारी दिए।

यता उनको ड्राइभरको भने रिपोर्ट पोजिटिभ आएको छ। त्यसैले नेम्वाङले भोलि पुनः नेम्वाङले भोलि फेरि स्वाब दिने छ।

उनका अनुसार पीएसओमा भने रिपोर्ट निगेटिभ नै आएको छ।

यता भाइरसबाट संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

चौधरीका शुक्रबार राति वीर अस्पतालको आइसियूमा सारिएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन्।

दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसअघि आइतबार ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्।

कोरोना पुष्टि भएपछि उनको त्यहाँ उपचार भइरहेको छ। यद्यपी उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन।

२०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन्। उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन्।

डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो।  breaknlinks.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com