Home बुलेट न्युज जोडियो जुम्ला–डोल्पा

जोडियो जुम्ला–डोल्पा

by ईलालटिन
0 comment

काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो ।

दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै डोल्पाको काइगाउँसम्म सवारी साधन निर्बाध रुपमा चलेका ट्र्याक्टर चालक जयकृष्ण थापाले बताए । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो ।

यसअघि डोल्पा–जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्र्याक्टर र ट्रकबाट पनि उपभोग्य सामग्री डोल्पा पु¥याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताउनुभयो । २०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो । देश सङ्घीयतामा गएपछि सो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो ।

अहिले सहजै सवारी साधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताए । तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरि डिजाइन गर्नुपर्ने भएकाले ढिलो निर्माण भएको हो ।

इन्जिनीयर दीपसागर ढुङ्गानाका अनुसार  पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भइरहेको छ । डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसाबले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताए । जिल्लाको पर्यटकीय क्षेत्र गुठिचौर, चोत्रा घरबास हुँदै डोल्पाको दुनैदेखि से–फोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com