Home बुलेट न्युज उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

by ईलालटिन
0 comment

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

उपत्यकामा आइतबार काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी १४ सय १६ जना संक्रमित देखिएका थिए ।

२४ घण्टामा जम्मा १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएका छन् । देशभर भने सोमबार ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । होम आइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com