काठमाडौं । ल्यूवान कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक स्कुटर ‘इएमएनके’ नेपाल आउने भएको छ । यसलाई नेपाली बजारमा जिरो इमिशन राइड नामक कम्पनीले ल्याउने भएको हो ।
इलेक्ट्रीक स्कुटरको माग बढ्न थालेसँगै धेरै नयाँ ब्राण्ड नेपाल आउने क्रममा रहेका छन् । यस्तोमा ल्यूवानको इलेक्ट्रीक स्कुटर पनि नेपाल आउने भएको हो ।
२।१६ किलोवाट आवर क्षमताको लिड एसिड व्याट्री दिइएको यो स्कुटरमा हाइड्रोलिक सस्पेन्सन दिइएको छ ।
एक पटकको फुल चार्जमा ८५ किलोमिटरसम्म गुडाउन सकिने यो स्कुटरको टप स्पीड क्षमता भने ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

इएमएनके ३ मा ५०० वाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । उक्त मोटरले १४० एनएम टर्क प्रदान गर्ने छ । यसमा दिइएको मोटर लिक्विड कुल्ड प्रविधि युक्त रहेको छ ।
रन फ्ल्याट टायर प्रयोग गरिएको यो स्कुटर १३ डिग्रीको उकालोमा सजिलै चलाउन सकिन्छ । यसलाई फास्ट चार्जरबाट चार्जगर्दा ३ घन्टामा फुल चार्ज गर्न सकिनछ भने एक घन्टा मात्रै चार्ज गर्दापनि २५ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
स्कुटरमा एलइडी हेडल्याम्प र डे टाइम रनिङ लाइट दिइएको छ । अगाडि चक्कामा उपलब्ध डिस्क र पछाडि रहेको ड्रम ब्रेकले स्कुतरलाई सुरक्षित बनाएको कम्पनीको दाबी छ ।
यसको मूल्य कम्पनीले १ लाख ४७ हजार ९९० रुपैयाँ तोकेको छ । केहि समय पश्चात बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।