Home राजनीति कोरोना संक्रमित शान्ता चौधरीलाई आइसीयुमा सारियो

कोरोना संक्रमित शान्ता चौधरीलाई आइसीयुमा सारियो

by ईलालटिन
0 comment
काठमाडौं । कोरोना संक्रमित सत्तारुढ दल नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ।
चौधरीलाई शुक्रबार राति आइसीयुमा सारिएको हाे। वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा सुधार नआएपछि आइसीयुमा सारिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

‘स्वास प्रश्वासमा अलि कठिनाई  भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ।’ उनले अस्पतालबाटै तीन दिन अघि जानकारी गराएकी थिइन्। उनलाई पाँच दिनअघि लक्षण सहितको संक्रमण भएको पुष्टि भएको थियो।

२०६७ मा स्तन क्यान्सर देखिएकी चौधरीले लामो समयसम्म उपचार गराएकी थिइन्। स्तन क्यान्सरको उनको उपचार भारतमा भएको थियो।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com